२०८१ पुष ८ गते ७:२८ विकासन्युज
काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयलले चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) भन्दा बढी रकम बैंकबाट ऋण लिएको छ । नियमित व्यवसाय तथा कारोबार गर्न कम्पनीले हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको जनाएको छ ।
गत असोजसम्ममा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा १ अर्ब ६५ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्न कम्पनीले १७औँ वार्षिक साधारण सभा पुस २९ गते काठमाडौंमा बोलाएको छ ।
सभाले संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त र निजको परिश्रमिक तोक्नेछ । कम्पनीका आधारभुत सेयरधनी वा सञ्चालक आवद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग सम्बद्ध कम्पनीसँग गरेको कारोबारलाई अनुामोदन गर्नेछ । साथै, सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ४ जनाको निर्वाचन गर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.