निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय सञ्चालन, प्रभावकारी रूपमा सेवा प्रदान हुने

  २०८१ पुष ८ गते १३:५१     विकासन्युज

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय सञ्चालनमा आएको छ ।

अर्थ मन्त्रालयका सचिव तथा कोषको सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले सोमबार मुख्य शाखा कार्यालयको उद्घाटन गरे ।

टंगालमा रहेको केन्द्रीय कार्यालयको भवनको भुइँतल्लामा मुख्य शाखा कार्यालय राखिएको छ ।

केन्द्रीय कार्यालयबाट प्रदान गरिँदै आएका सेवालाई छुट्टै शाखामार्फत छिटो, छरितो र प्रभावकारी रूपमा प्रदान गर्न मुख्य शाखा कार्यालय स्थापना गरिएको हो ।

कार्यक्रममा कोषका अध्यक्ष घिमिरेले अब कोषबाट छिटो, छरितो र प्रभावकारी रूपमा सेवा प्रदान हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा कोषका सञ्चालक समितिका सदस्यहरू र कोषका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.