चन्द्रागिरिका वडाध्यक्ष सहकारी ठगी आरोपमा पक्राउ

  २०८१ पुष ८ गते १४:५३     विकासन्युज

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।

चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् । अदालतबाट पक्राउ पुर्जी आएपछि उनी फरार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.