२०८१ पुष ८ गते १५:२६ विकासन्युज
काठमाडौं । साताको दास्रो कारोबारको दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार सेयर बजारमा १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आज ३२८ कम्पनीको ८९ लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको १८ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको हो ।
यसैगरी, जोशी हाइड्रोको ११ करोड ७६ लाख, मोलुङ हाइड्रोको ११ करोड ३८ लाख, सर्पोट माइक्रोफाइनान्सको ९ करोड ९२ लाख र रिभर फल्स पावरको ९ कारोड ५१ लाख रुपैयाँ बढीको करोबार भएको छ ।
यस्तै, ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्पोट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रो, बाराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज म्युचल फन्डबाहेक अरू सबै उपसूचकमा हरियाली छाएको नेप्सेले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.