हुम्लामा नेपाल टेलिकमका टावरमा क्षति, मर्मत गर्न समय लाग्ने

  २०८१ पुष ८ गते १६:५५     विकासन्युज

काठमाडौं । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरमा क्षति पुगेको र सेवा रोकिएको टेलिकमले जनाएको छ ।

अनधिकृत रूपमा केही समूहले अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्‍याएकाले सेवाहरू अवरुद्ध हुन गएकोमा कम्पनीले दु:ख व्यक्त गरेको छ ।

सर्केगाड गाउँपालिका- ५ स्थित बरै माइक्रो बीटीएसमा पौष ४ गते सोलार प्यानल, भीएसएटीका उपकरणहरू तथा अर्थिङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले सार्वजनिक महत्त्वका सरकारी सम्पतिमा क्षति पुर्‍याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न र नगराउनसमेत सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.