२०८१ पुष ९ गते १५:३४ विकासन्युज
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार सेयर बजारमा १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७० कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
यस्तै, ३१२ कम्पनीको १ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको २० करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको हो ।
यसैगरी, जोशी हाइड्रोपावरको १९ करोड २७ लाख, नेपाल फाइनान्सको ९ करोड ५२ लाख, माउन्टेन इनर्जी नेपालको ८ करोड ६३ लाख र न्यादी हाइड्रोपावरको ८ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । लगानीकर्ताको आर्कषण लघुवित्तमा रहेको छ ।
साथै, उपसूचकमा उत्पादन तथा प्रशोधन र व्यापार समूह राताम्मे रहेको छ । २ वटाबाहेक सबै उपसूचक हरिया रहेकाे नेप्सेले बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.