क्रिमसन टेकले जित्यो इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४

  २०८१ पुष ९ गते १९:१७     विकासन्युज

 

काठमाडौं । क्रिमसन टेक इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ को विजेता बनेको छ । इनड्राइभ आइसिटी अवार्ड २०२४ अन्तर्गत इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड विधाको विजेता क्रिमसन टेक बनेको हो ।

आइसिटी अवार्डसँग शीर्ष प्रायोजकको रूपमा सहकार्य गर्न पाउँदा गौरवान्वित भएको इनड्राइभले जनाएको छ ।

आइसिटी अवार्डले सन् २०१६ देखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आएका स्टार्टअप, व्यक्ति र संस्थाहरूलाई प्रोत्साहन तथा सम्मान गर्दै आएको छ ।

इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भनिन्, ‘इनड्राइभले आईसीटी अवार्ड २०२४ सँग साझेदारी गर्न पाउँदा सम्मानित महशुस गरेकी छु । इनड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपहरूका लागि पहिचान र सशक्तिकरणको महत्त्व बुझ्दछ ।’

इनड्राइभले प्राविधिक विकासमा स्टार्टअपहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिन्छ र भिजनसहितका आगामी पुस्तालाई समर्थन गर्न समर्पित रहेको छ ।

साथै अवार्ड समारोहमा १५ वटा अवार्ड विधाहरू रहेका थिए र सातवटै प्रदेशका लागि विशेष मान्यता अवार्डहरू रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.