डलरको मूल्यमा लगातार दोस्रो दिन पनि नयाँ रेकर्ड, एक डलरको १३६.६३ रुपैयाँ

  २०८१ पुष १० गते ७:३५     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको मूल्यले लगातार दोस्रो दिन पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.०३ रुपैयाँ र बिक्रीदर १३६.६३ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि हिजो खरिदर १३५.९० रुपैयाँ र बिक्रीदर १३६.५० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ ।

आज युरोपियन यूरोको एकको खरिदर १४१.४७ रुपैयाँ र बिक्रीदर १४२.१० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.५१ रुपैयाँ र बिक्रीदर १७१.२७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.०९ रुपैयाँ र बिक्रीदर १५१.७६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.७९ रुपैयाँ र बिक्रीदर ८५.१६ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.४६ रुपैयाँ र बिक्रीदर ९४.८८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.०८ रुपैयाँ र बिक्रीदर १००.५३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६६ रुपैयाँ र बिक्रीदर ८.७० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.२३ रुपैयाँ र बिक्रीदर ३६.३९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.३२ रुपैयाँ र बिक्रीदर ३७.४९ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.०४ रुपैयाँ र बिक्रीदर ३७.२० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३२ रुपैयाँ र बिक्रीदर ३०.४५ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३२ रुपैयाँ र बिक्रीदर ९.४५ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२९ रुपैयाँ र बिक्रीदर १२.३४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९६ रुपैयाँ र बिक्रीदर १९.०५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.५१ रुपैयाँ र बिक्रीदर १७.५९ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४१.३७ रुपैयाँ र बिक्रीदर ४४३.३२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.४४ रुपैयाँ र बिक्रीदर ३६२.०३ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५३.३१ रुपैयाँ र बिक्रीदर ३५४.८६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.