सिडिएस एण्ड क्लियरिङ्गको १ सय प्रतिशत लाभांश घोषणा

  २०८१ पुष १० गते ९:०३     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट१ सय नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश पारित गर्न पुस २८ गते बिहान ११ बजे सिडिएसकै कार्यालयमा १४औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्नेछ ।

यस्तै, सिडिएसमा नेपाल सरकारको सेयर स्वामित्व कायम गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.