२०८१ पुष १० गते १५:०३ विकासन्युज
काठमाडौं । एक समय नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ पुग्यो । जुन मूल्य हालसम्मकै उच्च हो । तर, भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्न सक्ने आशंकासहित सरकारले भन्सार दर घटायो । त्यसपछि सर्वाधिक उचाइमा पुगेको सुनको मूल्य करिब २० हजार रुपैयाँले घटिसकेको छ । हाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसरी सुनको मूल्यमा व्यापक उतारचढाव भइरहँदा सुन धितो राखेर बैंकबाट कर्जा लिनेको संख्या पनि बढेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले सुनलाई धितोका रूपमा राखेर कर्जा प्रवाह गर्ने गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को ४ महिनामा बैंकहरूले सुनचाँदी धितो राखेर २२.१३ प्रतिशत कर्जा बढाएका छन् ।
गत कात्तिकसम्म बैंकहरूले सुनचाँदीमा ६२ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि गत वर्षको कात्तिकमा बैंकहरूले ५१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ मात्रै सुनचाँदीमा लगानी गरेका थिए । यस अवधिमा बैंकहरूले सुनचाँदीमा ११ अर्ब ३७ करोड रुपैयाँ लगानी बढाएको देखिन्छ ।
४ महिनाको अवधिमा माछापुच्छ्रे बैंकले आक्रामक रूपमा सुनाचाँदीमा लगानी बढाएको देखिन्छ । तथ्याङ्कअनुसार बैंकले सुनचाँदीमा १ हजार ५०६ प्रतिशत बढाएर १६ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जबकि गत वर्षको कार्तिककसम्म १ करोड ४ लाख रुपैयाँमात्रै लगानी गरेको थियो ।
यस्तै, प्रभु बैंकको ५७९ प्रतिशत बढेर ७ करोड ७६ लाख रुपैयाँ, सालपा विकास बैंकको २१२.३८ प्रतिशत बढेर ७ करोड ९९ लाख रुपैयाँ, नबिल बैंकको १२४.५२ प्रतिशत बढेर ६९ करोड ५ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका हुन् ।
यस्तै, गत कार्तिकसम्म लक्ष्मी सनराइज बैंकको ७०.४६ प्रतिशत बढेर ७१ करोड ८ लाख रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ६४.८३ प्रतिशत बढेर ७ करोड रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ३७.२१ प्रतिशत बढेर १८ करोड ९२ लाख रुपैयाँ, नेपाल बैंकको ३४.८० प्रतिशत बढेर २४ अर्ब ८७ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ३२.६५ प्रतिशत बढेर १ करोड ३० लाख रुपैयाँ, गुडविल फाइनान्सको ३२.०९ प्रतिशत बढेर ५७ करोड ९५ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका छन् ।
यस्तै, सिन्धु विकास बैंकको ३०.६३ प्रतिशत बढेर १० करोड १२ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १६.५६ प्रतिशत बढेर १८ करोड ७७ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १५.७० प्रतिशत बढेर २१ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १५.२० प्रतिशत बढेर २१ करोड २९ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको १३.७३ प्रतिशत बढेर ७० करोड ५२ लाख रुपैयाँ सुनचाँदी धितो राखेर कर्जा लगानी गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखेर गरिमा विकास बैंकको ९.९९ प्रतिशत बढेर १ अर्ब ४ करोड १९ लाख रुपैयाँ, प्राइम बैंकको ९.८५ प्रतिशत बढेर ६ अर्ब ७८ करोड ४७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ९.१८ प्रतिशत बढेर २४ करोड २५ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.०४ प्रतिशत बढेर १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ, ज्योति विकास बैंकको ६.११ प्रतिशत बढेर ४६ करोड १० लाख रुपैयाँ र एक्सल डेभलपमेन्ट बैंकको ०.७६ प्रतिशत बढेर ८ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
तर, समीक्षा अवधिमा भने विभिन्न ८ वटा बैंकले भने सुनचाँदीमा लगानी घटाएका छन् । एनआईसी एशिया बैंकको ७५.१० प्रतिशत घटेर २ करोड २१ लाख रुपैयाँ, कुमारी बैंकको ६६.५३ प्रतिशत घटेर २५ लाख रुपैयाँ, एनएमबी बैंकको ६६.४९ प्रतिशत घटेर ६ लाख रुपैयाँ, सानिमा बैंकको ६२.३६ प्रतिशत घटेर ७ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका छन् ।
यस्तै, गोर्खाज फाइनान्सको ७.५० प्रतिशत घटेर ५४ करोड ३६ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३.९३ प्रतिशत घटेर ७३ करोड ३३ लाख रुपैयाँ, सिटिजन्स बैंकको ३.२१ प्रतिशत घटेर ७० करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकको ५१.८२ प्रतिशत घटेर १ करोड ६२ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.