सिद्धार्थ बैंकले मनायो २२ औं वार्षिकोत्सव

  २०८१ पुष १० गते १४:४५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२ औं वर्ष पुरा गरेको छ ।

२०५९ साल पौष ९ गते १७ औं वाणिज्य बैंकको रूपमा सिद्धार्थ बैंक स्थापना भएको थियो ।

बैंक सञ्चालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।

यसैगरी, बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ ।

यस अवसरमा फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथसाथै ग्राहक एवं स्थानीयवासीहरू गरी १०२ जना रक्तदाताहरूको सहभागिता रहेको थियो ।

साथसाथै बैंकमा १५ वर्ष बिताएका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई अभिनन्दन गरेको छ ।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहक महानुभावहरूलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.