२०८१ पुष १० गते १५:५८ विकासन्युज
काठमाडौं । जर्मनी विश्वको तेस्रो तथा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो । तर एक समयमा जर्मनीको मुद्राको मूल्य भारी मुद्रास्फीतिको कारण बेकार भएको थियो । यो सन् १९३० को प्रारम्भिक चरणको समय हो । त्यतिबेला जर्मन मुद्रालाई मार्क भनिन्थ्यो । मुद्रास्फीतिका कारण एक डलरको मूल्यमा ४,२१०,५००,००,००० मार्क आउँथ्यो । बच्चाहरूले मार्क प्लेकार्डको रूपमा प्रयोग गर्न थालेका थिए ।
मुद्रास्फीतिका कारण जर्मनीका लाखौं मानिस टाट पल्टिए । यस संकटले देशमा हिटलरको नाजी पार्टीको उदयमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
पहिलो विश्वयुद्धको समयमा जर्मनीमा मूल्य दोब्बर भयो, तर यो देशको आर्थिक गिरावटको सुरुवात थियो । सन् १९१४ मा जर्मन सरकारले नयाँ मुद्रा चलाएको थियो । युद्ध धेरै लामो समय टिक्न नसक्ने उसले अनुमान गरेको थियो । तर युद्ध चार वर्षसम्म चल्यो र त्यसमा जर्मनी पराजित भयो ।
भर्साइलस सन्धिको कारण जर्मनीले ठूलो मूल्य चुकाउनु परेको थियो । मूल्यवृद्धि र मार्कको आपूर्ति बढेसँगै मुलुकमा मुद्रास्फीति बढ्न थालेको हो । प्रथम विश्वयुद्ध अघि एक अमेरिकी डलरको मूल्य चार मार्क थियो । तर १९२० मा मार्कको मूल्य १६ गुना घट्यो ।
पत्रपत्रिका किन्न बोराभरि नोट
एक डलरको मूल्य केही दिन ६९ मार्कमा स्थिर रहेपनि सरकारले थप धेरै पैसा छाप्न सुरु गर्यो । जुलाई १९२२ सम्म ७०० प्रतिशतले मूल्य बढ्यो । अवस्था यस्तो भयो कि सरकारले करोड र अर्बको नोट छाप्नुपर्यो ।
नोभेम्बर १९२३ मा एक डलरको मूल्य एक खर्ब मार्क पुग्यो । अवस्था यस्तो थियो कि जनताले पत्रपत्रिका किन्न झोलाभरि नोट राख्नुपर्थ्यो । एकजना विद्यार्थीले त्यो अवधि सम्झँदै ५ हजार मार्कमा एक कप कफी अर्डर गरेको र अर्को क्षण यसको मूल्य ७ हजार मार्कमा पुगेको बताएका थिए ।
मुद्रास्फीतिले हिटलरलाई जर्मनीमा सत्तामा आउनको लागि मार्ग प्रशस्त गरेको थियो । अगस्त १९२४ मा एक नयाँ मुद्रा रेन्टेनमार्क सुरु भएको थियो । त्यसपछि धेरै कुरा नियन्त्रणमा आयो ।
आज जर्मनी अमेरिका र चीनपछि विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो । आज जर्मनी युरोपेली संघको हिस्सा हो र यसको मुद्रा यूरो हो । फोर्ब्सका अनुसार जर्मनीको जीडीपी ४.७१ ट्रिलियन डलर र प्रतिव्यक्ति जीडीपी ५५.५२ हजार डलर छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.