२०८१ पुष ११ गते १७:५४ विकासन्युज
काठमाडौं । एनसेलविरुद्ध परेको रिट खारेज भएको छ । एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै सात बुँदे निर्देशनात्मक आदेश दिएको छ ।
मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङको सबै सेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाईट युके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । सेयर खरिदबिक्रीको निर्णय सर्वाजनिक भएपछि सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश कुमार सिंहले रोकिनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरेका थिए ।
पुँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा सेयर विक्री गर्न खोजिएको भनी उनले रिट निवेदन दर्ता गरेका हुन् ।
आजिआटाले टेलिकम क्षेत्रका व्यवसायी सतीशलाल आचार्यलाई ५५ मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ)मा सेयर बिक्रीको घोषणा गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.