कजरिया टाइल्सद्वारा नेपालमा पहिलो प्रिमियम सिरेमिक टाइल सेगमेन्टको उत्पादन सुरु

  २०८१ पुष १२ गते १६:०१     विकासन्युज

काठमाडौं । कजरिया रमेश टाइल्स लिमिटेडले आफ्नो उत्पादन लाइनलाई अझ विस्तार गरेको छ । कम्पनीले ३००*४५० एमएम सिरेमिक टाइलहरूको नयाँ श्रृंखला प्रस्तुत गरेको हो ।

यससँगै कम्पनीले सिरेमिक टाइल्स क्षेत्रमा आफ्नो प्रभावशाली प्रवेशको संकेत दिएको छ । यसअघि कम्पनीले ६००*६०० एमएम र ६००*१२०० एमएमको ग्लेज्ड भिट्रिफाइड टाइल्सका साथै ४००*४०० एमएमको हेभी ड्युटी भिट्रिफाइड टाइल्स बजारमा ल्याइसकेको छ, जुन अहिले पनि लोकप्रिय छन् ।

कजरिया टाइल्सले नेपालभर १०० भन्दा बढी डिलर र वितरकहरूको विशाल नेटवर्क निर्माण गरेको छ, जसले ग्राहकहरूलाई कम्पनीका उत्कृष्ट उत्पादनहरू सजिलै प्राप्त गर्न मद्दत पुर्‍याएको छ ।

यी टाइलहरू नेपालमा नै उत्पादन हुने भएकाले उत्पादन लागत पनि कम गर्ने कम्पनीले जनाएकाे छ । जसकारण कजरिया टाइल्सले आयातित भारतीय टाइलहरूको तुलनामा २०/२५ प्रतिशत कम मूल्यमा उत्पादनहरू उपलब्ध गराउँछ।

कम्पनीले विभिन्न डिजाइन, रङ र साइजका विकल्पहरू प्रस्तुत गर्दै आइरहेको छ । दाग र मोइस्चर प्रतिरोध गर्न सक्ने क्षमताले तिनीहरूलाई आधुनिक घरहरूमा प्रयोगका लागि उपयोगी, आकर्षक र दीर्घकालिक प्रयोगको लागि उत्तम बनाउँछ । सिरेमिक टाइलहरू भुइँ र पर्खाल दुबैको लागि भरपर्दो विकल्प हुन् ।

कम्पनीका निर्देशक हिमांशु अग्रवालले भने, ‘हामीले नेपाली बजारमा पहिलो पटक भिट्रिफाइड टाइल्स ल्याउँदा व्यापक प्रशंसा पाएका थियौं । त्यसै सफलतामा आधारित भएर हामी अहिले अत्याधुनिक प्रविधिमा उत्पादन गरिएका सिरेमिक टाइलहरू बजारमा ल्याउँदैछौं । हामी पूर्ण विश्वासका साथ भन्न सक्छौं कि नेपाली बजारमा यी टाइलहरू पनि त्यत्तिकै रुचाइनेछन् ।’

नयाँ उत्पादनले आवासीय र व्यावसायिक स्थान दुवैका लागि उच्च गुणस्तरका विविध विकल्पहरू प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

स्टाइल, टिकाउपन र सजिलो मर्मतसम्भारमा ध्यान केन्द्रित गर्दै यी टाइलहरूले विभिन्न ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखिएको छ ।

कजरिया रमेश टाइल्स लिमिटेडले रमेश कर्प र भारत को नं. १ टायल निर्माता कजरिया सिरामिक्सको संयुक्त लगानीमा नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन कारखाना निर्माण गरिरहेको छ । ४०० करोडको लगानीमा निर्माण हुने यस परियोजनाले वार्षिक ५२ लाख मिलियन स्क्वायर मिटर टाइल्स उत्पादन गर्नेछ, जसले हजारौं रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउनेछ ।

यस परियोजनाले दिगो विकासमा जोड दिँदै स्थानीय सामग्रीहरूको प्रयोग गर्नेछ र उच्च गुणस्तरको किफायती टाइलहरू उपलब्ध गराउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.