आज राति उल्का वर्षा हुने

  २०८१ पुष १९ गते १३:४८     विकासन्युज

काठमाडौं ।  आज राति उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ ।

उक्त उल्का वर्षा पुस १३ गतेदेखि नै रहे पनि आज राति अन्य दिनभन्दा धेरै वर्षा हुने नासोले जनाएको छ । नासोका अनुसार उल्का वर्षा २८ गतेसम्म सक्रिय रहनेछ । ‘आज राति उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ’, नासोले प्रेस विज्ञप्तिमार्फत भनेको छ, ‘उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक पर्दैन ।’

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राति हुने अत्यधिक उल्का वर्षा प्रतिघण्टा ५० देखि १२० वटा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।