रुसमा नयाँ यात्रुवाहक कारको बिक्री २०२४ मा ४७ प्रतिशतले वृद्धि

  २०८१ पुष २२ गते १६:०६     विकासन्युज

काठमाडौं । रुसमा सन् २०२४ मा नयाँ यात्रुवाहक कारहरूको बिक्री ४७ प्रतिशतले वृद्धि भई १५ लाख ५५ हजार इकाइ पुगेको रुसी उद्योग र व्यापार मन्त्रालयले पुष्टि गरेको छ ।

तर, २०२५ मा उच्च मुद्रास्फीति र स्क्र्यापेज शुल्कका कारण कारको मूल्य बढ्ने भएकाले बिक्रीमा करिब १० प्रतिशतले गिरावट आई १.४३ १४ लाख ३० हजार इकाइमा झर्ने अनुमान गरिएको छ ।

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि पश्चिमी कार निर्माता कम्पनीहरूले रुसी बजार छोडेका थिए ।

त्यसपश्चात् चिनियाँ निर्माताहरूले उत्पादनको खाली ठाउँ भरेका थिए, जसले २०२२ मा घटेको बिक्रीलाई पुनःस्थापित गर्न मद्दत पुर्‍याएको छ ।