नेपाल एसबिआई बैंकको ६७ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

  २०७३ फागुन २३ गते १३:२०     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको ६७ हजार ७६७ कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको छ । सोमबार मात्र बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।

हात्तिसारमा केन्द्रिय कार्यलय रहेको यस बैंकको चुक्ता पूँजी ४ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता १०४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.