२०८१ पुष २४ गते १५:५० विकासन्युज
काठमाडौं । महालक्ष्मी विकास बैंकले अटिजम भएका विधार्थीहरूको शैक्षिक क्रियाकलापलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरूप प्रदान गरेको छ ।
बैंकको दमक शाखाद्वारा सरस्वती माध्यमिक विद्यालय, दमक- ०९, इँटाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई सहयोग गरिएको हो ।
बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयको प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विधार्थी यस सहयोगबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले विभिन्न कार्यक्रम सम्पन्न गर्दै आएको छ ।
बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.