नेपाल एसबीआई बैंकले गर्यो श्री सुर्के माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

  २०८१ पुष २४ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं ९ स्थित श्री सुर्के माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) दीपक कुमार देले श्री सुर्के माध्यमिक विद्यालय भण्डारे समितिका अध्यक्ष र प्रधानाध्यापकलाई औपचारिक रूपमा उक्त सामग्री हस्तान्तरण गरे ।

सो कार्यक्रममा बैंकका उच्च पदाधिकारी तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।