नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्कासनको अनुमति

  २०८१ पुष २६ गते १३:२९     विकासन्युज

काठमाडाैं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

बोर्डले कम्पनीलाई पुस २५ गते अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति प्रदान गरेको जनाएको छ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा सेयर निष्कासन गर्ने छ। सेयर निष्कासनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.