नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

  २०८१ पुष २८ गते ११:१७     विकासन्युज

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ । यस निष्काशनमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २२ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ। आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २५ गते सेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आइपीओ निष्काशन गर्ने छ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।

नेपाल माइक्रो नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त बीम कम्पनी हो । चितवनको भरतपुरमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले लघु निर्जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.