२५ अंकले घट्यो सेयर, सबै उपसूचक राताम्ये

  २०८१ पुष २८ गते १५:२०     विकासन्युज

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार ४३ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार ३०१ कम्पनीको ८० लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रहेको छ । एनआरएनको २० करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, सीन्धु विकास बैंकको १८ करोड ८० लाख, सिंगटी हाइड्रो इनर्जीको १६ करोड ४९ लाख, हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख र नेपाल लाइफ इन्स्याेरेन्सकाे ७५ लाख रुपैयाँ बढीकाे काराेबार भएकाे छ ।

आज सबै उपसूचक राताम्ये भएकाे नेप्सेले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.