नाफा वृद्धिमा नेपाल बैंक र एनआईसी एसियाको उत्कृष्ट ‘कमब्याक’, नबिलको पहिलो ताज कायमै

  २०८१ पुष २८ गते १९:०२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा वाणिज्य बैंकहरूले साढे ३० अर्ब खुद नाफा गरेका छन् । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूले ३० अर्ब ५९ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार नाफा आर्जनमा सबैभन्दा अगाडि नबिल बैंक रहेको छ । नबिलले ५ महिनामा ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गर्दा ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

कात्तिकको तुलनामा नाफा वृद्धिमा भने नेपाल बैंक अगाडि देखिएको छ । नेपाल बैंकले कात्तिकको तुलनामा ६१.४५ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले कात्तिकसम्म ९३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेकोमा मंसिरसम्म कुल १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ कायम गरेको छ ।

यस्तै, एनआईसी एसिया बैंकले कात्तिकसम्म ३८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेकोमा मंसिरसम्म भने ६३ प्रतिशतले बढाएर ६३ करोड ३० लाख रुपैयाँ कायम गरेको छ । कात्तिकको तुलनामा यी दुई बैंकले राम्रो नाफा वृद्धि गरेका छन् ।

यस्तै, कात्तिकको तुलनामा सिटिजन्स बैंकले ५८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५६ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५३.४१ प्रतिशतले नाफा बढाएको छ ।

बढी नाफा गर्ने बैंकको तेस्रो स्थानमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक छ । यस बैंकले २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गर्दा कुमारी बैंकले १ अर्ब ९९ करोड, प्राइम बैंकले १ अर्ब ९६ करोड, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड, एनएमबी बैंकले १ अर्ब ९० करोड, प्रभु बैंकले १ अर्ब ८३ करोड, लक्ष्मी सनराईज बैंकले १ अर्ब ६५ करोड र नेपाल बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसैगरी, स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ३४ करोड, हिमालयन बैंकले १ अर्ब ३३ करोड, सिद्धार्थ बैंकले ९७ करोड, सानिमा बैंकले ९० करोड, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड, माछापुच्छ्रे बैंकले ८२ करोड र सिटिजन्स बैंकले ६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कृषि विकास बैंक भने घाटामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.