२०८१ पुष २८ गते १८:४७ विकासन्युज
काठमाडौं । काईयी नेपालले अत्याधुनिक काईयी एक्स थ्री प्रो ईभीमा विशेष अफर घोषणा गरेको छ ।
यो ईभी ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा उपलब्ध रहेको छ ।
काईयी एक्स थ्री प्रोमा शक्तिशाली प्रदर्शनका लागि १२० किलोवाटको मोटर, लामो समयसम्म चल्ने र भरपर्दो ऊर्जाका लागि ५३.६ किलोवाट-घण्टा ब्याट्री, ४०१ किलोमिटरको माइलेज र यसको २८० एनएम टर्कले रोमाञ्चक ड्राइभिङ अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ ।
काईयी नेपालले थापाथली (नेपाल राष्ट्र बैंकको विपरीत) स्थित आफ्नो शोरूमा भ्रमण गर्न अनुरोध पनि गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.