सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न

  २०८१ पुष २९ गते ९:३०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिहीबार काठमाण्डौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैँयाको १२.५० प्रतिशत बराबर एक अर्ब छपन्न करोड पचपन्न लाख त्रिपन्न हजार तीन सय चौवन्न रुपैयाँ बोनस सेयर तथा ०.६६ प्रतिशत बराबर ८,२३,९७,५४५ रुपैयाँको नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.