२०८१ पुष २९ गते १३:३१ विकासन्युज
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा बिक्रमराज सुवेदी चयन भएका छन् ।
आइतबार संस्थापक समूहबाट सुवेदीसँगै प्रकाशकुमार श्रेष्ठ, श्यामचन्द्र खतिवडा र इन्द्रनारायण देव वैश्य सञ्चालकमा निर्वाचित भएका थिए । आइतबार नै बसेको सञ्चालक समितिको बैठकाे सुवेदीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।
जीवन विकासको संस्थापक समूहबाटको प्रतिनिधित्व गर्ने सुबेदी यसअघि पनि अध्यक्ष थिए । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको छैंटौं साधारणसभामा संस्थापक समूहबाट चार सञ्चालक सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा सुवेदीसँगै श्रेष्ठ, खतिवडा र देव दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
निर्वाचित सञ्चालक समितिको पदावधी चार वर्षको हुनेछ । सञ्चालकको निर्वाचनमा संस्थापक सेयर सदस्यहरुले मतदान गर्न पाउँछन् । लघुवित्तको केन्द्रीय कार्यालयमा भएको साधारणसभाले १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।
जीवन विकास समाजद्धारा प्रवद्धित जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० वटा शाखा मार्फत ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ । जीवन विकासको कुल सम्पति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार छ । १० अर्ब ५३ करोड ३० लाख निक्षेप संकलन गरेको जीवन विकासले २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ रुपैयाँ लगानी गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.