ग्लोबल आइएमई लघुवित्तको साधारणसभा सम्पन्न, ९ अर्ब ६५ करोड कर्जा लगानी

  २०८१ माघ २ गते १०:४७     विकासन्युज

पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सोमबार पोखरामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाले गरेका थिए । कार्यक्रममा सेयरधनीबाट उठेका जिज्ञासा एवम् सुझावको जवाफ दिँदै संस्थाका अध्यक्ष अकेलाले अहिले विषम परिस्थितिमा पनि वित्तीय संस्थाका सूचकांक अब्बल रहेको र आगामी दिनमा आफ्ना सेयरधनी एवम् ग्राहक सदस्यको सर्वोपरि हित हुनेगरी कार्य गरिने बताए ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले देशका ५४ जिल्लामा १२१ ओटा शाखा कार्यालयमार्फत १ लाख ५२ हजार भन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । करीब ९ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरिएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.