‘स्काईवर्थ सपना साकार’को विजेता घोषणा, रवि अर्यालले जिते ‘एमजी कोमेट’ ईभी

  २०८१ माघ २ गते १६:३३     विकासन्युज

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट एप्लायन्सेस प्रालिले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ ।

बुधवार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित एक विशेष कार्यक्रममा एमजी कमेट ईभी कार विजेता काठमाडौंका रवि अर्याललाई कोमेट कारको साँचो हस्तान्तरण गरियो ।

साथै उपहारमा लाग्ने २५ प्रतिशत कर कम्पनी आफैले बेहोर्ने पनि जनाइएको छ ।

स्मार्ट एप्लायन्सेस प्रालिको ‘स्काईवर्थ सपना साकार’ उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म सञ्चालन गरिएको थियो । जसमा नेपालभरका ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

बम्पर पुरस्कारका अगावै स्काईवर्थले साप्ताहिक लक्की ड्रमार्फत माइक्रोवेभ प्रदान गरिसकेको छ भने ४० प्रतिशतसम्मको आकर्षक छुटसहित आफ्ना प्रिमियम होम एप्लायन्सहरू पनि ग्राहकहरूलाई उपलब्ध गराएको थियो ।

यस अवसरमा स्काईवर्थका डेपुटी जेनेरल म्यानेजर अमित बज्राचार्यले भने, ‘हामी रवि अर्यालज्यूलगायत अन्य साप्ताहिक विजेताहरुलाई बधाई दिँदै यस क्याम्पेनलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद दिन चाहन्छौं । स्काईवर्थ सधैं गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने कुरा पनि म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु ।’

उत्पादनमा नवीनता तथा गुणस्तरमा उत्कृष्टतालाई ध्यानमा राख्दै र ग्राहकको अनुभवलाई सधैं प्राथमिकता दिँदै आएको कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.