एमएडब्लू वृद्धिले यसै साता ‘दिपल एस०७ एल’ सार्वजनिक गर्ने

  २०८१ माघ ३ गते ९:३७     विकासन्युज

काठमाडौं । एमएडब्लू वृद्धिले इलेक्ट्रिक एसयूभी दिपल एसय०७ को अपग्रेडेड भर्सन यसै साता सार्वजनिक गर्ने भएको छ ।

थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभीलाई यसै साता सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले  जनाएको छ ।

फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दिपल एसय०७ हालसम्म सात सयभन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

एस०७ एलले अद्वितीय ईभी अनुभवमार्फत पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पुर्‍याउने वश्विास कम्पनीको छ ।

थप रेन्ज र पावरफुल पर्फमेन्स

दिपल एस०७एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । जसले सिङ्गल चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिनेछ ।

स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीको टप स्पिड एक सय ८० किलोमिटर प्रति घण्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्ने कम्पनीले जनाएको छ  ।

अत्याधुनिक डिजाइन र प्रविधि

एस०७एलले पनि चर्चित दिपल एस०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर ठूला २० इन्चका टायरले सबैको ध्यान आकर्षित गर्ने कम्पनीले जनाएको छ । क्याबिनमा क्वालकम स्नेपड्रागान ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन हुनेछ यसले इन्फोटेन्मेन्ट र भेहिकल कन्ट्रोललाई बेजोड बनाउनेछ । यसबाहेक दिपल एस०७एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड् सेफ्टी ड्राइभिङ, एसाय २.५  जस्ता फिचरहरू रहनेछन् ।

सुरक्षाका लागि यसमा एआईसीसी एडाप्टिभ क्र्युज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्ल्यान्ड स्पट मनिटरिङ, ट्रान्सपेरेन्ट च्यासिस सहितको ३६० डिग्री पानोरामिक क्यामेरा पनि रहेको कम्पनीले जनाएको छ ।

यी अत्याधुनिक प्रविधि, शक्तिशाली पर्फमेन्स र फ्युचरिस्टिक डिजाइनमार्फत दिपल एस०७एललले नेपालको इलेक्ट्रिक मोबिलिटीमा पुनः एकपटक क्रान्ति ल्याउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.