भेस्पा र अप्रिलियाको एक्टिभेशन कार्यक्रम सम्पन्न

  २०८१ माघ ३ गते १५:५१     विकासन्युज

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक विक्रेता डेल्टा अटो कर्पले देशभरका प्रमुख सहरमा विभिन्न कार्यक्रमसहित भेस्पा र अप्रिलिया स्कूटरको एक्टिभेशन ‍सफलतापूर्वक सम्पन्न गरको छ ।

बागमती प्रदेशका मुख्य सहर चितवन जिल्लाको भरतपुर महानगरपालिकाको नारायणघाटमा टेस्टराइडको आयोजना गरी नारायणगढदेखि गोलाघाटसम्म स्कुटर र्‍याली, मकवानपुर जिल्लाको हेटौंडामा टेस्टराइडको आयोजना गरी हेटौंडाबाट मकवानपुरगढीसम्म स्कुटर र्‍याली, तथा गण्डकी प्रदेशको नवलपुर जिल्लाको गैंडाकोट, कावासोती, कास्की जिल्लाको पोखरा, बागलुङ जिल्लाको बागलुङजस्ता सहरमा टेस्टराइड, तथा पोखरादेखि धाम्पुससम्म स्कुटर र्‍यालीकाे आयोजना गरियो ।

साथै लुम्बिनी प्रदेशको बुटवलमा टेस्टराईडका साथै बुटवलबाट लुम्बिनीसम्म स्कुटर र्‍यालीकाे आयोजना गरिएकाे थियो । ग्राहकहरूको उल्लेखनीय सहभागिताका कारण र्‍याली निकै रोमाञ्चित भएकाे थियाे ।

यसका साथै सो र्‍याली पुग्ने ठाउँमा राईडर्स समुदायका लागि आकर्षक एवं सहभागितामूलक कार्यक्रमहरूकाे पनि आयोजना पनि गरिएको थियो ।

डेल्टा समूहले यो अवधिमा ट्राफिक प्रहरीहरूको सहभागितामा विभिन्न कलेजमा सचेतनामूलक कार्यक्रम पनि गरेको थियो ।

कम्पनीले योजना सफल बनाउन योगदान पुर्‍याउन सबै ग्राहक, डिलर, र सहकर्मीरूलाई धन्यवाद व्यक्त गरेको छ ।

स्मरण रहोस्डेल्टा अटो कर्पले हालसालै हट डिल्स नामक उपभोक्ता योजना पनि ल्याएको थियो जसअन्तर्गत भेस्पा र अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकहरूले तुरुन्तै ७ हजार ५०० रुपैयाँ छुटका साथ हुडी, स्कुटर कभर, हेलमेट, र कि रिंगजस्ता आकर्षक उपहार प्राप्त गरेका थिए ।

साथै तुरुन्त फाइनान्सको सुविधा र पुरानो स्कुटरसँग नयाँ स्कूटरको एक्सचेन्ज विकल्पले ग्राहकहरूको अनुभवलाई अझ स्मरणीय बनाएको थियो ।

भेस्पा र अप्रिलिया स्कूटरका उत्कृष्ट प्रविधि, स्टाइलिश डिजाइन, र उच्च विश्वसनीयताले शभरका ग्राहकहरूको मन जित्न निरन्तर सफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.