नेप्सेमा थपियो साढे १० लाख कित्ता सेयर
२०८१ माघ ३ गते १७:२० विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार साढे १० लाख कित्ता सेयर थपिएको छ ।
नेप्सेमा सुपर मादी हाइड्रोपावरको १० लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो ।
सुपर मादीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर बिहीबार नेप्सेमा थपिएको हो ।