२५ करोड पूँजी भएका कम्पनीहरू अब एसएमईज प्लेटफर्ममा, ५ सय कित्ता आईपीओ भर्नैपर्ने

  २०८१ माघ ३ गते १७:१३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गरेर लागू गरेको छ । बोर्डले बिहीबार नियमावली लागु भएको जानकारी गराएको हो । यो नियमावलीसँगै अब साना तथा मझौला संगठित संस्था (एसएमइज) ‘प्लेटफर्म’ मा प्रवेश गर्ने भएका हुन् ।

बोर्डका अनुसार अब लगानीकर्ताले एसएमइजको आईपीओमा कम्तीमा पाँच सय कित्ताका लागि आवेदन दिनुपर्ने छ । सेबोनले यसअघि तयार पारेको मस्यौदामा न्यूनतम साढे दुई सय कित्ता आवेदन दिनुपर्ने उल्लेख थियो ।

एसएमईजले जारी पूँजीको ३० देखि ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न सक्ने नियमावलीमा उल्लेख छ । आईपीओ जारी गर्नुअघि १५ प्रतिशत संस्थागत लगानीकर्ता र ५ प्रतिशत मर्चेन्ट बैंकरले खरिद गरेको हुनुपर्ने व्यवस्था नियमावलीमा छ । दुवैले खरिद गरेको सेयरको ‘लकइन पिरियड’ तीन वर्ष राखिएको छ ।

सेबोनले चैत २०७९ मा मस्यौदा बनाएर अर्थ मन्त्रालय पठाएको थियो । तर, ९ पुस २०८१ मा बसेको मन्त्रिपरिषद् बैठकले यो नियमावली स्वीकृत गरेको हो ।

नियमावलीमा रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्ने उल्लेख छ। रेटिङ नगरी पनि सेयर निष्कासन गर्न सक्नेछ ।

यो नियमावलीलाई आवश्यक कारबाही गर्न सेबोनले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.