२०८१ माघ ९ गते १८:२५ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंक र हार्ड रक क्याफे,काठमाडौंबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले दरबारमार्गस्थित हार्ड रक क्याफे काठमाडौंमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज (नन्–अल्कोहलिक) मा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने जनाइएकाे छ ।
यस सम्झाैताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने जनाइएकाे छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघिमात्रै सिद्धार्थ रिवार्ड्स नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.