२०८१ माघ २२ गते १५:१७ विकासन्युज
काठमाडौं । साताको तेस्रो कारोबारको दिन अर्थात मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०८ अंकले घटी २७१५.९१ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार ७१ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आज १ करोड ६९ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २६ करोड, हिमालयन ऊर्जा विकास कम्पनीको २५ करोड, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २१ करोड र पिपल्स हाइड्रोपावर कम्पनीको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज कुनै पनि कम्पनीमा सकारात्मक सर्किट लागेको छैन ।
नेप्सेका अनुसार आज जलविद्युत् र अन्य समूहका कम्पनीको सेयर मात्र हरियो छन् ।
आज जोशी हाइड्रोपावर सर्वाधिक ९.९८ प्रतिशतले बढ्दा सामुदायिक लघुवित्त ८.३० प्रतिशत, मध्यभोटेकोशी ८.२५, ङादी ८.१९ प्रतिशत र उपकार लघुवित्त ८.१२ प्रतिशतले बढेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । यसबाहेक सप्तकोशी डेभलपमेन्ट बैंक ९.९९ प्रतिशत र धौलागिरि लघुवित्त ४.७७ प्रतिशतले घटेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.