पाथीभरा केवलकारको विषय बैंकसँग नजोडौं : गुरु पौडेल

  २०८१ माघ २४ गते १०:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पाथीभरा केवलकार विवादको विषयलाई बैंकसँग नजोड्न आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखसमेत रहेका पौडेलले पाथीभरा केवलकारको विषयसँग जोडेर विभिन्न व्यक्तिले बैंक डुब्दैछ भनेर हल्ला फैलाइरहेकाले त्यस्तो कार्य नगर्न अनुरोध गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक- ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’

बैंकिङ प्रणालीमाथि भिडियो आक्रमण र राष्ट्र बैंकको मौनता