२०७३ फागुन ३० गते ८:०८ विकासन्युज
काठमाडौ । देशभित्रै रोजगारीका अवसर सिर्जना नहुँदा प्रत्येकवर्ष नेपाली युवा बिदेसिने क्रम बढ्दो छ । गएको नौ वर्षमा नेपालबाट रोजगारीका लागि कोरिया पुग्ने युवाको संख्या ४३ हजारभन्दा बढी पुगेको छ ।
कामका लागि विदेश पलायन हुने युवाको संख्या बढ्दै जाँदा देशभित्रै निर्माणधीन राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित हुँदै गएका छन् । यी आयोजनामा काम गर्न कामदार विदेशबाट ल्याउनु पर्ने अवस्था आएको छ ।
पछिल्लो समय सरकार आफैंले घोषणा गरेर दक्ष कामदार कोरिया पठाउँदै आएको छ । कामका लागि कोरिया जानेले खाडी मुलकभन्दा केही बढी कमाउने अवसर प्राप्त गरेका छन् । सरकारले सन् २००७ देखि दुई देशबीच श्रम सम्झौता गरी न्यूनतम एक लाख रुपैयाँमा नेपाली कामदार कोरिया पठाउँदै आएको छ ।
कोरियामा काम गर्ने नेपाली कामदारले पनि मासिक एक लाखदेखि डेढ लाख रुपैयाँ आम्दानी गर्छन् । कोरिया जान कोरियन भाषा परीक्षामा उत्तीर्ण हुनुपर्छ । सन् २००८ देखि नेपाल सरकारले कामका लागि नेपाली युवालाई कोरिया पठाउँदै आएको ईपीएस शाखाले जनाएको छ । ईपीएस शाखाका अनुसार अहिलेसम्म ४२ हजार ७ सय १५ जना नेपाली युवा कामका लागि कोरिया पुगिसेकेका छन् । त्यसमध्ये ४० हजार पुरुष र सात सय १५ महिला छन् । अन्नपूर्ण पोस्टबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.