मेटलाइफ ‘फर्चुन म्यागजिन’को विश्वको सबैभन्दा प्रशंसित कम्पनीको सूचीमा

  २०८१ माघ २७ गते १६:०८     विकासन्युज

काठमाडौं । मेटलाइफ ‘फर्चुन म्यागजिन’ २०२५ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू’ को सूचीमा पर्न सफल भएको छ ।

उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरू समावेश भएका थिए ।

मेटलाइफका अध्यक्ष र प्रमुख कार्यकारी अधिर्कत (सीईओ) मिशेल खलाफले भने सम्मान पाउँदा निकै खुसी भएको बताउँदै विश्वस्त भविष्य निर्माण गर्ने परम्परालाई निरन्तर विस्तार गर्न सक्ने बताए ।

पछिल्ला २५ वर्षभन्दा बढी समयदेखि फर्चुन र कर्न फेरीले सहकार्य गर्दै कर्पोरेट प्रतिष्ठाका आधारमा कम्पनीहरूको पहिचान र मूल्यांकन गर्दै आएका छन् ।

३ हजारभन्दा बढी शीर्ष कार्यकारीहरू, निर्देशकहरू र वित्तीय क्षेत्रका सदस्यहरूलाई आफ्नै उद्योगका प्रतिष्ठानहरूलाई नौ विशेषताका आधारमा मूल्यांकन गर्न भनिन्छ ।

यी विशेषताहरूमा नवीनता, दीर्घकालीन लगानी मूल्य, वित्तीय स्थायित्व र प्रतिभा आकर्षित तथा कायम राख्ने क्षमता जस्ता तत्वहरू समावेश छन् ।

मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ