२०८१ माघ २८ गते ८:२४ विकासन्युज
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका दुई जना संस्थापक सेयरधनीले १ लाख बढी कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
कम्पनीका अनुसार संस्थापक सेयरधनी शंकर प्रसाद कालिकोटा र सुयोग श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको १ लाख ५ हजार ४०७ कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । कालिकोटाले आफ्नो स्वामित्वमा रहेको १२ हजार ७८ कित्ता र श्रेष्ठले ९३ हजार ३२९ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
कम्पनीको सेयरमा हाल कायम संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र आवेदन नदिए सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.