सूचना विभागबाट प्रेस पास लिने पत्रकार २३ हजार, सञ्चार गृहमा सञ्चारकर्मीको अभाव

  २०७३ चैत ६ गते ११:४६     विकासन्युज

काठमाडौं । सूचना विभागको प्रेस पास लिने सञ्चारकर्मीको संख्या बर्षेनी बढ्दै गए पनि आम सञ्चार माध्याममा दक्ष सञ्चारकर्मीको अभाव रहेको पाइएको छ । सुचना विभागका निर्देशक राजु भण्डारीका अनुसार हालसम्म सुचना विभागबाट पें्रस पास लिनेको संख्या २३ हजार ४ जना रहेको छ  भने त्यस मध्ये ३६ जना विदेशी रहेका छन् । नेपाल जस्तो सानो देशमा २३ हजार भन्दा बढी पत्रकार हुनु आफैमा ठूलो संख्या भएको उनी बताउँछन् ।

तर सञ्चार माध्ययममा पत्रकारको ज्यादै आभाव देखिन्छ । दैनिक पत्रिकाहरुमा दैनिक जसो पत्रकार आावश्यक भएको सूचना प्रकाशित हुन्छ । सञ्चारगृहमा सञ्चचचारकर्मीको अभाव हुनुमा आर्थिक समस्या मुख्य कारण रहेको बताउँछन् भण्डारी । मेहनत अनुसार पैसा कमाउन नसक्ने भएकाले गर्दा पे्रस पास लिएर पनि धेरै पत्रकार आफ्नो पेशा छोड्न बाध्य भएको उनले बताए ।

साधारणतया प्रेस पास लिनको लागि न्यूनतम शैक्षिक योग्यता पूरा गरेको र आफूले काम गर्ने सञ्चारगृहबाट न्यूनतम पारिश्रमिक पाउने गरि नियुक्ती पत्र पाएकोलाई मात्र सूचना विभागले प्रेसपास दिने गरेको भण्डारीले बताए ।
पत्रकार महासंघका महासचिव उचिल मगर भने सञ्चारगृहमा सञ्चारकर्मीको अभाव भएको कुरा स्वीकार्दैनन् । कुनै पनि सञ्चारगृहमा सञ्चारकर्मीको अभाव भएर सञ्चारगृह नै बन्द नभएको उनको तर्क छ । ‘पत्रकार महासघंमा भने कुनै पनि सञ्चारगृहमा सञ्चारकर्मी नभएर बन्द भयो भनेर कुनै पनि सुचना आएको छैन’उनले भने ।

सञ्चार माध्यममा दक्ष पत्रकारको अभाव भए नभएको सञ्चार माध्यमको गुणस्तरले देखाउने बताउँछन् नेपाल आर्थिक पत्रकार समाजका निवर्तमान अध्यक्ष विज्ञान अधिकारी । आफन्तबाद, नाताबाद र राजनीतिक दलका ठूला व्यक्तित्वको  आड सूचना विभागकाबाट प्रेस पास लिनेको संख्या जति धेरै भएपनि दैनिक पत्रकारितमा संलग्न पत्रकार धेरै कम भएको उनले बताए ।

पत्रिका, अनलाइन र टेलिभिजन जस्ता सञ्चारगृहको संख्या बढ्दै गए पनि राम्रो आम्दानी नहुने भएकोले पत्रकारहरु धेरै समयसम्म सञ्चार गृहमा टिक्न नसक्ने समस्या देखिएको काठमाण्डौको हिमालय कलेजका पत्रकारिता विद्यार्थी प्रबल कोइराला बताउँछन् ।

पत्रकारता पढेका फ्रेस विद्यार्थीलाई मिडियाले प्राथमिकता नदिने गरेकोले पनि दक्ष सञ्चारकर्मीको अभाव भएको उनी बताउँछन् । उनी भन्छन् पत्रकारिता पढेर भन्दा पनि पत्रकारिता नपढिकन पत्रकार बन्नेको संख्या उच्च छ । जवसम्म सञ्चारगृहले पत्रकारीता पढेकोलाई प्राथमिकता र प्रोत्साहन दिदैनन तबसम्म यो समस्या रहिरहन्छ ।

राजधानी काठमाण्डौमा मात्रै नभएर मोफसलका सञ्चारगृहमा समेत सञ्चारकर्मीको अभाव छ । विराटनगरबाट संचालनमा आएको विराट खबर डटकम अनलाइनका सम्पादक अविजाल विष्टका अनुसार काठमाडौँमा त केहि मात्रामा भएपनि मिडिया क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरु भेटिन्छन् । काठमाडौँ भन्दा बाहिरका शहरमा राम्रै पारिश्रमीक दिन्छौ भन्दा पनि सञ्चारकर्मी पाउन सकिदैन । उनका अनुसार पत्रकारिता र मिडिया सम्बन्धी पठन पाठन हुने क्याम्पस नहुनु र पत्रकारिता प्रति विद्यार्थीको घट्दो आकर्षणले गर्दा सञ्चारगृहले यस्तो समस्या आएको हो ।
(केशर के.सी./प्रशिक्षर्थी पत्रकार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.