२५ हजार भारु साट्न भारतद्धारा अस्विकार, ४५ सय मात्रै साट्ने अडान राखेर फर्कियो आरबिआईको टोली

  २०७३ चैत १५ गते ७:४९     विकासन्युज

काठमाडौं । पाँच सय र एक हजार दरका भारतिय रुपैंयाँ प्रतिव्यक्ति २५ हजार साट्नुपर्ने नेपालको आग्रहलाई भारतले अस्विकार गरेको छ । नेपाल र भारतबिचको पुर्व सम्झौता अनुसार नेपाली नागरिकसँग रहेको सो दरका २५ हजार भारतीय रुपैंयाँ साट्नुपर्ने नेपाली आग्रहलाई भारतले अस्विकार गरेको हो ।

भारतीय रिजर्भ बैंक(आरबिआई)को कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वमा भारु सटहीबारे छलफल गर्न भारतीय टोली नेपाल आएको थियो ।

नेपाल राष्ट्र बैंक र आरबिआईको टोलीबिच २ दिनसम्म भएको वार्तामा कुनै सहमति नभएपछि भारतीय टोली आफ्नो अडान राखेर फर्किएको छ ।
भारतले प्रति व्यक्ति ४५ सय भारु मात्रै साट्ने र मार्च ३१ तारिख भित्र वित्तिय प्रणालीबाट त्यस्ता नोट आफुलाई बुझाई सक्नुपर्ने सर्त राखेको थियो । नेपालले भने मार्च ३१ को समय सिमा कम भएको र दुई मुलुकबिचको पुर्व सम्झौता अनुसार २५ हजार नै साट्नुपर्ने अडान राखेको थियो ।
हामीले २५ हजार भन्दा तल ओर्लिएर सम्झौता गर्नु भनेको आत्मघाती निर्णय हो, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने ।
यही चैत्र १८ गतेसम्मको मात्रै समय सीमा भएकोले छोटो समयमा नभ्याइने भएकोले पनि सहमति हुन नसकेको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर ९ तारिखदेखि लागु हुने गरि ५०० र एक हजार दरका भारुमा प्रतिबन्ध लगाएका थिए । भारतीय नागरिकलाई डिसेम्बर ३१ तारिख भित्र आफुसँग भएका सो दरका नोट बैंकमा बुुझाउने समय दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.