अस्पताल लैजान पनि धामीझाँक्रीको सिफारिस, धामी पठाएमात्रै अस्पताल

  २०७३ चैत १६ गते ८:०५     विकासन्युज

रुकुम । अस्पतालमा जँचाउन लैजान पनि धामीझाँक्रीको सिफारिस चाहिन्छ भन्दा पत्याउन गाह्रो पर्छ।

रुकुमको सिस्नेका बासिन्दा भने यस्तै नियती भोगिरहेका छन्। बिरामी भए पनि धामीको सिफरिस बिना उनीहरु अस्पताल जान सक्दैनन्।

उपचार नपाएरै जिल्लास्थित ठूलेसिस्नेका १५ वर्षीय रुपे बुढाको २०७१ साउनमा निधन भयो। एक वर्षपछि उनका बुबा प्रजितले पनि संसार छाडे।

बिरामी भएका प्रजितको उपचार त टाढैको कुरा के रोग लागेको थियो भन्नेसम्म पत्ता लागेन। उनलाई धामीले अस्पताल नलैजानू भनेपछि परिवारले झारफुकमै समय बितायो।

यस्ते बलबहादुर बुढा, जोखे बुढा, गाउँमती, दलजित, कमललाल, देबबहादुरसहितका व्यक्तिको पनि धामीले अस्पताल नलैजानु भनेकै कारण ज्यान गयो। त्यस भेगमा बासिन्दा बिरामी भए भने अस्पताल लैजाने नलैजान भन्ने निर्णय आफन्त भन्दा पनि धामी झाक्रीमा भर पर्छ। कान्तिपुर दैनिकबाट ।