अघि बढ्यो टेलिकममा रणनीतिक साझेदार योजना, बेलायतको एनालाइसिसलाई परामर्शको जिम्मेवारी

  २०७३ चैत १७ गते ८:१०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकममा रणनीतिक साँझेदार भित्र्याउने काम अघि बढेको छ । टेलिकमको गुणस्तर तथा प्राबिधिक क्षमता अभिवृद्धि गर्दै दीर्घकालिन स्थायित्व कायम गर्न भन्दै कम्पनीले रणनीतिक साँझेदार भित्र्याउने काम अघि बढाएको हो ।

रणनीतिक साँझेदार भित्र्याउनका लागि परामर्शदाता समेत छनौट भैसकेको छ । बेलायतको एनालाइसि मेसनलाई परामर्श दाताको जिम्मेवारी दिईएको टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारीले विकासन्युजलाई जानकारी दिए ।‘बेलायतको एनालाइसिस मेसनलाई परामर्श दाताको जिम्मेवारी दिएका छौं, ५२ हप्ताभित्रै रिपोर्ट बुझाउँछ र थप काम अघि बढाउँछौं’, टेलिकमका सहायक प्रवक्ता अधिकारीले भने ।

कम्पनीको गुणस्तर तथा प्राबिधिक क्षमता अभिवृद्धिद्धारा दिगो र व्यवसायीक स्थायीत्व कायम गराउन रणनीतिक साँझेदार भित्र्याउन लागिएको पनि उनले जानकारी दिए । परामर्श दाताका रुपमा छानिएको कम्पनीले आगामी ५२ हप्ताभित्र टेलिकमको प्राबिधिक, भौतिक, व्यवसायीक तथा जनशक्तिको अध्ययन गर्नेछ । सो अध्ययनका आधारमा कस्तो रणनीतिक साँझेदार भित्र्याउने, कति प्रतिशत सेयर दिने लगायतका बिषय प्रस्ताव गर्नेछ ।

‘कस्तो रणननीतिक साँझेदार भित्र्याउने, कति प्रतिशत सेयर दिने, व्यवस्थापन सञ्चालनको मोडालिटी कस्तो हुने भन्नेबारे प्रस्ताव पेश गर्नेछ’, अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.