२०७३ चैत २३ गते १४:५० विकासन्युज
बिबिसी । भर्खरै हङकङमा एउटा दुर्लभ हिराको ७.१ करोड अमेरिकी डलर मूल्यमा लिलामी भएको छ । हिरासम्बन्धी बिक्रीमा यो नयाँ विश्व रेकर्ड कायम भइको छ ।
‘पिंक स्टार’ नाम दिइएको अण्डा आकारको यो हिरा ५९.६ क्यारेटको छ । सन् २०१३ मा बिक्रीका लागि ल्याइएको यो हिरालाई खरीदकर्ताले किन्न मानेनन् ।
यसभन्दा पहिले महंगोमा बिक्री भएका पाँच हिरा गहना यस्ता छन् :
ओपनहाइमर ब्लू
सन् २०१६को मे महिनामा ओपनहाइमर ब्लू नामको हिरा ५.०६ अमेरिकी डलरमा किम्री भएको थियो । १४.६२ क्यारेटको यो हिरालाई जेनेभाको क्रिस्टी अक्सन हाउसले फोनको माध्यमबाट लिलाम गरेको थियो । हिराको खरीदकर्ताबारे भने कुनै जानकारी पाइएको छैन ।
ब्लू मून
सन् २०१५ को नोभेम्बर महिनातिर एउटा औठीमा प्रयोग गरिएको १२.०३ क्यारेटको ब्लू मून हिराको लिलामी भएको थियो । हङकङका व्यपसायी जोसेफ लूले यसको लागि ४.८४ करोड डलर दिएका थिए । उनले आफ्नी सात वर्षकी छोरीकालागि त्यो हिरा किनेका थिए र त्यसलाई उनले ‘ब्लू मून अफ जोसेफाइन’ नाम दिएका थिए ।
सनराइज रुबी
गाढा रातो रंगको २५.५९ क्यारेटको सनराईज रुबी नामको पत्थरलाई एक व्यक्तीलाई तीन करोड अमेरिकी डलर तिरेर किनेका थिए । सन् २०१५ मा सबैभन्दा महंगोमा बिकेको हिरापछि यो सबैभन्दा महंगो पत्थर थियो ।
नारंगी हिरा
सन् २०१३को नोभेम्बरतिर क्रिस्टी अक्सन हाउसले संसारकै सबैभन्दा ठूलो हिराको लिलामी गरेको थियो । त्यस समयमा प्रति क्यारेटमा यो हिरा सबैभन्दा बढी मूल्यमा बिक्री
ग्राफ पिंक
२७.७८ क्यारेटको यो चमकदार गुलाबी रंगको हिरालाई अहिलेसम्म भेटिएका ठूला हिराहरुमा लिइन्छ । यसको लिलामट्ठ ४.६२ करोड डलरमा भएको थियो । सन् २०१०को नोभेम्बरतिर यो हिराको बिक्रीलाई सबैभन्दा महंगो मानिएको थियो । यसलाई ब्रिटानी डिलर लरेन्स ग्राफले किनेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.