कसरी हुन्छ वित्तीय अपराध ? नेपाल र भारतका बैकर्सहरु राष्ट्रिय सम्मेलनमा जुट्दै

  २०७४ वैशाख ११ गते १६:०४     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा वित्तीय अपराधहरु बढ्दै गएका छन् । साईबर फ्रड भयो, एटीमबाटै पैसा चोरी भयो तथा क्रेडिट तथा डेविट कार्ड असुरक्षीत भन्ने समाचार आईरहेको हुन्छन् ।
त्यस्तै, बैकिङ क्षेत्रमा स्कीमिङ, भिजिङ, सिम कोल्नीङ, सिण्डिकेट तथा आइडेन्टी थेप्ट जस्ता बैंकिङ्ग अपराधीक शब्दहरुको प्रयोग बढ्दै गएको छ । वित्तीय अपराधका शैली, रुप, नाम, प्रकृति सबै फेरिएका छन् ।

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले भारतको फिन्टेलेक्ट संस्थासंगको सहकार्यमा यही बैशाख १४ गते बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो अपराधलाई मध्ये नजर राख्दै अन्र्तराष्ट्रिय अनुभव आदान प्रदान गर्ने उद्देश्यले काठमाण्डौँमा राष्ट्रियस्तरको बैकिङ अपराध सम्मेलनका आयोजना गर्दैछ ।

कार्यक्रमको मुख्य उद्देश्य, वित्तीय अपराधहरु पत्ता लगाउने तरिका, अनुगमन, निदान तथा सुपरीवेक्षण गर्ने कामहरुमा देखिएका चुनौतीहरु के कस्ता छन् भन्ने बारेमा चर्चा गरिने छ । यस कार्यक्रममा के कस्तो रणनीतिक पहलहरु गरेमा वित्तीय अपराधलाई न्यूनिकरण गर्न सकिने छ भन्ने बारे पनि छलफल हुने एनबीआईले जनाएको छ ।

यस सम्मेलनमा स्रोत व्यक्तिहरुको रुपमा भारतबाट एक्सिस बैंकका राजेन्द्र शाखलेच र डीसीबी बैंकका प्रविधि प्रविधि विभाग प्रमुख प्रशन्न लोहर लगायतका विज्ञहरु सहभागी हुने र उनीहरुले बैकिङ अपराध र नियन्त्रणको विषयमा प्रस्तुतिकरण गर्ने भएका छन् ।

कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, अपराध अनुसन्धान विभागका पूर्व प्रमुख हेमन्त मल्ल, बैंक अफ काठमाडौंका प्रमुख सञ्चालन अधिकृत प्रविन क्षेत्री, मेघा बैंकका उप प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले प्रस्तुती गर्ने भएको छन् । यस सम्मेलनमा विभिन्न बैँक तथा वित्तीय संस्थाहरुबाट १५० भन्दा बढी उच्च पदस्थका बैंकिङ्ग कर्मचारीहरु सहभागिता हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.