२०७४ वैशाख १२ गते ८:२७ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंक लिमटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ८० प्रतिशतले बढी हो ।
बैकले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो वर्ष १७ करोड १३ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । गत वर्षको प्रथम ९ महिनामा बैंकको नाफा ७८ करोड ५७ लाख रुपैयाँ मात्रै थियो ।
बैंकले गत चैत मसान्तसम्ममा ७४ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले यो अवधिसम्ममा ६६ अर्ब २६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो अवधिसम्ममा बैकले गरेको लगानी ८ अर्ब ५९ करोड रुपैयाँ छ ।
यो बैंकको चुक्ता पुँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ९३ करोड रुपैयाँ छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७५ दशमलव ०९ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा १दशमलव ७१ प्रतिशत छ ।
बैंकको प्रति सेयर आम्दानी २४ रुपैयाँ ३० पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ ७६ पैसा छ । सोमबार यो बैंकको प्रतिसेयर ७ सय ४० रुपैयाँमा कारोबार भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.