नेपाल बङ्गलादेश बैंकको तातोपानी शाखा बाह्रबिसेमा स्थानान्तरण

  २०७४ वैशाख १२ गते ११:१८     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले तातोपानी लिपिङ्गमा संचालित शाखा बाह्रविसे बजारमा स्थानान्तरण गरेका छ । २०७२ वैशाख १२ गते गएको भूकम्प बैँकको तत्कालीन तातोपानी शाखा साविकको स्थानबाट संचालन गर्न कठिनाई भईरहेकाले स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

उक्त शाखाको औपचारिक समुद्घाटन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठ तथा बैंकका संचालकहरु अरुण श्रेष्ठ तथा दिपक कार्कीद्धारा संयुक्त उद्घाटन गरिएको छ ।

उक्त उद्घाटन समारोहमा बैंकका विभिन्न सेवाहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा शाखा प्रमुख प्रकाश घिमिरेले बैंकका बारेमा विविध विषयमा जानकारी दिए । यस शाखासहित बैंकले ४४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४१ वटा एटीएमबाट बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.