२०७४ जेठ १९ गते १५:२० विकासन्युज
काठमाडौँ । आधारभूत तहका सामुदायिक विद्यालय भन्दा संस्थागत ९निजी० विद्यालयमा पुरुषको तुलनामा करिब १५ प्रतिशत महिला शिक्षक बढी कार्यरत छन् ।
सरकारले शिक्षामा समता र समावेशीताका कार्यक्रमलाई प्राथमिकता दिए पनि सबै तहमा महिला शिक्षकको सङ्ख्यामा वृद्धि हुनसकेको छैन । कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह मानिन्छ ।
अर्थ मन्त्रालयबाट प्रकाशित आर्थिक सर्वेक्षण ९२०७३÷७४० का अनुसार आधारभूत तहका सामुदायिक विद्यालयमा ३२ दशमलव ८ प्रतिशत मात्र महिला शिक्षक रहेकोमा संस्थागत विद्यालयमा भने ४५ दशमलव १ प्रतिशत महिला शिक्षक छन् । हाल मुलुकमा ३५ हजार २२२ विद्यालय छन् ।
सो सर्वेक्षणका अनुसार सामुदायिकतर्फ निजी स्रोतसमेत गरी महिला शिक्षकको सङ्ख्या एक लाख १३ हजार ४११ र पुरुष शिक्षक एक लाख ९९ हजार २७६ गरी तीन लाख १२ हजार ६८७ शिक्षक छन् । निजी विद्यालयतर्फ महिला शिक्षकको सङ्ख्या ३८ हजार ९३६ र पुरुष शिक्षक ४७ हजार ३२६ गरी ८६ हजार २६२ शिक्षक कार्यरत छन् ।
सामुदायिक विद्यालयका शिक्षकमध्ये अधिकांश तालिम प्राप्त छन् । आधारभूत तहमा ९२ दशमलव ७ प्रतिशत शिक्षक तालिम प्राप्त छन् भने माध्यमिक तह ९९—१२० मा ८७ दशमलव ५ प्रतिशत शिक्षक तालिम प्राप्त छन् ।
हाल प्राथमिक तहको खुद भर्ना दर ९६ दशमलव ७ प्रतिशत र टिकाउ दर ८६ दशमलव ८ प्रतिश रहेको छ । यस्तै १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर ८८ दशमलव ६ प्रतिशत रहेको छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.