२०७४ असार १५ गते ७:५४ विकासन्युज
काठमाडौं । वित्तीय बजारमाा प्रतिस्पर्धा गर्न नसकेपछि फाइनान्स कम्पनीले मर्जर वा एक्विजिसनको सुरक्षित बाटो अपनाएका छन् ।
राष्ट्र बैंकले चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्याउन दिएको निर्देशन पालना गर्न नसकेर पनि फाइनान्स कम्पनीहरु यो बाटो लागेको हुन् ।
मुलुकभर २ वर्षअघिसम्म ८८ वटा फाइनान्स कम्पनी थिए । अहिले झरेर ३३ वटामा आइपुगेका छन् । यसमध्येको धेरैजसो कम्पनीले मर्जर वा एक्विजिसनमा जाने निर्णय गरिसकेका छन् ।
अहिलेसम्म मर्जर र एक्विजिशनमा जाने निर्णय गरेका फाइनान्स कम्पनी त्यस अनुसार गए १५ वटामा झर्ने देखिन्छ । नागरिक दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.