२०७४ असार ३० गते १६:२५ विकासन्युज
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले गोकर्णेश्वर स्थित ओम कृषि फार्ममा आगलागीमा परी मृत्यु भएका ५९ वटा गाईको क्षतिपुर्ति बापत रकम प्रदान गरेको छ ।
कम्पनीका तर्फबाट कामु नायब महाप्रबन्धक जीवनकुमार उप्रेतीले बिमितको तर्फबाट बाबुराम कार्कीलाई ५८ लाख ९५ हजार रुपैयाँको क्षतीपुर्ति बापतको चेक रकम हस्तान्तरण गरेका छन् ।
बिमितिको तर्फबाट बाबुराम कार्कीले बिमा बापतको क्षतिपुर्ति रकम सहज र सरल प्रक्रियाबाट पाएकोमा बिमक कम्पनीलाई धन्यवाद दिएका छन्।
Copyright © 2024 Bikash Media Pvt. Ltd.