२०७४ साउन ५ गते ६:३८ विकासन्युज
काठमाडौं उपत्यका सडक विस्तार अयोजनाले ठेकेदार कम्पनीलाई कामै नगरी करोडौं रुपैयाँ भुक्तानी दिएको छ ।
मापदण्डविपरित बनेका संरचना नहट्दै आयोजनाले सडक विस्तार ठेक्का लगाएरु ठेकेदारलार्य करौडौं रकम भुक्तानी गरेको हो ।
आयोजनाले युनाईटेड बिल्डर्स, दिवा, शैलुङ जेभी, आशिष , सिएम जेभीलगातय ठेकेदार कम्पनीलाई सडकको कामै नगरी ११ करोड २४ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको छ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजना विस्तारित सडक तथा पुलहरुको प्रगति विवरण शीर्षकको प्रतिवेदनमा उनीहरुले जिम्मापाएका सडकको अवस्थाको प्रगति शुन्य छ ।
सडकको अवस्था अझै असारे खेतजस्तो छ । कामै नगरीकन निर्माण कम्पनीलाई राज्यकोषको ढुकुटी रित्तो पार्न र खर्च भएको देखाउने करोडौ रकम भुत्तानी भएको उल्लेख छ ।
अधिकांश सडक ठेकेदार कम्पनीले भुत्तानी लिन्छन तर काम भने पन्छाइरहन्छन । यीनै ठेकेदारलाई कारवाही गर्न नसक्दा ठेक्का दिएको लामो समयसम्म पनि उपत्यका सडक सुधार र मर्मत हुन सकेकको छैन । नागरिक दैनिकबाट।
Copyright © 2025 Bikash Media Pvt. Ltd.